प्रधानमन्त्री मोदीद्वारा मिसन दिव्यास्त्रको प्रशंसा, अग्नि–५ मिसाइलको पहिलो उडान परीक्षण


भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मल्टिपल इन्डिपेन्डेन्ट्ली टारगेटेबल रि–इन्ट्री भेहिकल (एमआइआरभी) प्रविधिले सुसज्जित स्वदेशीरूपमा विकसित अग्नि–५ मिसाइलको पहिलो उडान परीक्षण मिसन दिव्यास्त्रको प्रंशसा गरेका छन् ।

उनले मिसन दिव्यास्त्रको सफल कार्यान्वयनका लागि रक्षा अनुसन्धान एवं विकास सङ्गठन (डिआरडिओ) वैज्ञानिकहरूको उपलब्धिको प्रशंसा गरेका छन् । अग्नि–५ मिसाइलमा एमआइआरभी प्रविधिको समावेशले विभिन्न लक्ष्यमा सटीकताका साथ धेरै हतियार पुर्याउने यसको प्रभावकारिता बढ्नेछ ।

यसबाट भारतको प्रतिरोध क्षमतामा वृद्धि हुनेछ र राष्ट्रिय सुरक्षा सुदृढ हुनेछ । एउटा एमआइआरभी पेलोडमा चारदेखि छ वटा आणविक हतियार बोक्ने एउटा मिसाइल समावेश हुन्छ । प्रत्येकलाई अलग अलग लक्ष्यमा हमला गर्नका लागि प्रोग्राम गरिएको छ । यसले एउटै मिसाइलमा विभिन्न स्थानमा धेरै हतियार तैनाथ गर्न सकिन्छ भन्ने सुनिश्चित गर्दछ ।