अंकारामा आइएसविरुद्ध कारबाही तीव्र


टर्कीका अधिकारीहरूले मङ्गलबार अङ्कारामा इस्लामिक स्टेट (आइएस) विरुद्ध कारबाही शुरु गरेको बताएका छन् । अङ्कारामा, अभियोजकहरूले “तेभिद म्यागजिन“ सँग जोडिएका २० जना आइएस गतिविधिसँग सम्बन्धित रहेका व्यक्तिहरूलाई वारेन्ट जारी गरेको छ ।

उनीहरूले राजधानीमा विभिन्न किसिमका अराजक गतिविधि गरेको पाइएको छ । गत जनवरीमा टर्किएको सबैभन्दा ठूलो शहर इस्तानबुलमा रहेको इटालियन चर्चमा भएको आक्रमणमा प्रहरीले थुप्रै आइएस संदिग्धहरूलाई पक्राउ गरेको थियो ।

टर्किएले सन् २०१३ मा आइएसलाई आतङ्कवादी समूहको रूपमा पहिचान गरेको थियो भने सन् २०१५ देखि समूहले थुप्रै घातक हमलाहरू सञ्चालन गरेको छ ।
सन् २०११ मा सिरियाली गृहयुद्ध शुरु भएदेखि सिरियासँगको टर्कीको दक्षिणी सीमा सिरियाली र विदेशी लडाकुहरूको लागि प्रमुख ट्रान्जिट मार्ग भएको छ।