बेलायतले नाभाल्नीको मृत्यु भएको रुसी जेलका ६ जना अधिकारी माथि प्रतिबन्ध लगाएको छ । बेलायतका विदेशमन्त्री डेभिड क्यामरुनले बेलायतले रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीको मृत्यु भएको ’पेनल कोलोनी’ का प्रमुख छ जना अधिकारी माथि प्रतिबन्ध लगाएको छ ।
‘नभाल्नी प्रतिको क्रूर व्यवहारका लागि जिम्मेवार व्यक्तिहरू कुनै भ्रममा नपरे हुन्छ, हामी उनीहरूलाई जवाफदेही बनाउँछौं,’ क्यामरुनले भने । यस बारे विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ ।

प्रतिक्रिया