टिपर दुर्घटना हुँदा पाल्पामा चालक र सहचालकको मृत्यु


पाल्पा । पाल्पामा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । लु२ख ५६१ नम्बरको टिपर दुर्घटना हुँदा चालक र सहचालकको ज्यान गएको हो ।

रुपन्देहीको खैरेनीबाट माथागढी–५ धामिका ढुङ्गाखानीतर्फ आउँदै गरेको टिपर माथागढी गाउँपालिका–५ आर्थोकघाटस्थित रहवास खैरेनी सडकखण्डमा सोमबार  टिपर दुर्घटना भएको हो ।

दुर्घटनामा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१६ का चालक २४ वर्षीय प्रदीप कुमाल र सोही ठाउँका सहचालक १८ वर्षीय मनिष परियारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयाका प्रहरी उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए । दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।