संयुक्त राज्य अमेरिका, बेलायत र युरोपेली संघका ८ सय भन्दाबढी अधिकारीहरूले गाजा द्वन्द्वमा इजरायललाई आफ्नो सरकारको समर्थनको विरुद्ध असहमति व्यक्त गर्दै सार्वजनिक पत्र जारी गरेका छन् ।
यस प्रयासलाई सङ्गठित पार्न वा समर्थन गर्ने वर्तमान र पूर्व अधिकारीहरूले बताएका छन् । अधिकारीहरूले जारी गरेको आशय अनुसार आफ्ना सरकारहरूको वर्तमान नीतिले स्वतन्त्रता र नैतिक बललाई कमजोर पार्ने उल्लेख गरेको छ ।
उनीहरुको पत्रमा आफ्ना सरकारका नीतिहरूले अन्तराष्ट्रिय मानवीय कानूनको गम्भीर उल्लङ्घन, युद्ध अपराध, र नरसंहारमा सहयोग पुर्याउने सम्भावित जोखिम रहेको भनिएको छ ।
प्रतिवेदनका अनुसार हस्ताक्षरकर्ताहरूमध्ये करिब ८० अमेरिकी एजेन्सीहरूसँग सम्बद्ध छन्। त्यसैगरी हस्ताक्षरकर्ताहरू मध्ये, सबैभन्दा बढी प्रतिनिधित्व गर्ने प्रशासकीय अधिकारयुक्त सामूहिक ईयु संस्थाहरू हुन् ।

प्रतिक्रिया