काठमाडौंको सतुंगलबाट ८ लाख ५० हजार थान मास्कसहित दुई व्यापारी पक्राउ


काठमाडौँ । प्रहरीले काठमाडौंको सतुंगलबाट ठूलो परिमाणमा मास्कसहित दुई व्यापारीलाई पक्राउ गरेको छ । सोमबार बिहान प्रहरीले ८ लाख ५० हजार थान मास्कसहित दुई व्यापारीलाई पक्राउ गरेको हो ।

प्रहरीले आरडी सप्लायर्सका सञ्चालक सुरज गोयल र सुवास महेश्वरीलाई पक्राउ गरेको हो । उनीहरुले गोदाममा लुकाएर राखेको ठूलो परिमाणको मास्क बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि पछिल्लो समय कालोबजारी गर्ने व्यापारी पक्राउ परेका छन् । आइतबार प्रहरीले कपनबाट ठूलो परिमाणमा मास्कसहित सात जनालाई पक्राउ गरेको थियो ।