गाजा पट्टीमा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीहरूको सङ्ख्या २५ हजार नाघेको गाजास्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले जनाए अनुसार इजरायली सेनाको आक्रमणबाट पछिल्लो २४ घण्टामा प्यालेस्टिनी एन्क्लेभमा १७८ प्यालेस्टाइनीको हत्या भएको छ भने अन्य २९३ जना घाइते भएका छन् ।
गत अक्टोबर ७ मा इजरायल–हमास द्वन्द्व शुरु भएदेखि मृत्यु हने प्यालेस्टाइनीको कुल सङ्ख्या २५ हजार १०५ पुगेको छ भने घाइतेहरूको सङ्ख्या ६२ हजार सय ६८१ पुगेको छ ।

प्रतिक्रिया