नेटोका गतिविधि शीतयुद्धमा फर्किने सङ्केत : रुस


रुसका उपविदेशमन्त्री अलेक्ज्याण्डर ग्रुस्कोले नेटोका स्टेडफास्ट डिफेन्डर अभ्यासले शीतयुद्धतर्फ फर्किने सङ्केत गरेको बताएका छन् । नेटोका सर्वोच्च सहयोगी कमाण्डर जनरल क्रिस्टोफर काभोलीले अर्को हप्ताका लागि निर्धारित नेटोका अभ्यास दशककै सबैभन्दा ठूलो हुने र महिनौसम्म चल्ने बताएका थिए ।

यी अभ्यासहरू पश्चिमले रुस विरुद्ध छेडेको हाइब्रिड युद्धको अर्को भाग रहेको उनले बताए । वास्तवमा ३१ देशका ९० हजार सैन्य अभ्यासमा आउनु निश्चित नै शीतयुद्धतिरको झल्को हो र यस्तो शक्तिले रुसलाई झस्काउने ग्रुस्कोले बताएका छन् ।