इरानद्वारा घातक केरमान विस्फोटपछि १० भन्दा बढी आतङ्कवादी कक्षहरू ध्वस्त


इरानले दक्षिणपूर्वी केरमान शहरमा हालैका घातक हमलाहरूपछि १० भन्दा बढी आतङ्कवादी कक्षहरू पहिचान गरी नष्ट गरेको छ ।सुरक्षा मामिलाका लागि उपआन्तरिक मन्त्री माजिद मिर–अहमदीले यसबारे जानकारी दिएका हुन् ।

इस्लामिक स्टेट (आईएस) आतङ्कवादी समूहले जनवरी ४ मा बम विस्फोटको जिम्मेवारी लिएको छ र दुई आत्मघाती आक्रमणकारीले विस्फोट गराएको बताएको छ । इरानको खुफिया मन्त्रालयले उसको सेनाले दुई आतङ्कवादीलाई मारेको रकेरमान विष्फोटको सम्बन्धमा आईएसका प्रमुख नेताहरू सहित धेरैलाई गिरफ्तार गरेको बताएको छ ।