काठमाडौं । नेपाली कांग्रेसका दुई केन्द्रीय सदस्यले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै लिखित फरक मत राखेका थिए । पार्टीकेन्द्रीय कार्यसम्पादन समिति बैठकमा नेता अर्जुननरसिंह केसी र बलबहादुर केसीले संयुक्त रूपमा फरक मत राखेका हुन् ।
पार्टीबाट राष्ट्रिय सभा चुनावका लागि उम्मेदवार छनोट गर्दा प्रक्रिया नपुर्याइएकोमा उनीहरूले असन्तुष्टि पोखेका छन् । उम्मेदवार चयन गर्दा एकलौटी गरिएकोले उम्मेदवार चयनका विषयमा असहमत हुँदै उनीहरूले फरक मत राखेका छन् ।
राष्ट्रिय सभा चुनावका लागि कांग्रेसले सत्ता गठबन्धनसँग मिलेर १० सिट लिएको छ । सोमबार उम्मेदवारहरूले उम्मेदवारी दर्ता गरिसकेका छन्।


प्रतिक्रिया