सन् २०२३ मा इजरायलमा विदेशी पर्यटकको भ्रमणमा वृद्धि


इजरायल–हमास द्वन्द्वका कारण अक्टोबर यता तीव्र गिरावट आएता पनि समग्रमा सन् २०२३ मा इजरायल भ्रमण गर्ने विदेशी पर्यटकको सङ्ख्यामा १२ दशमलव ५२ प्रतिशतले वृद्धि भएको छ । देशको केन्द्रीय ब्युरोले जारी गरेको तथ्याङ्क अनुसार गत वर्षको तुलनाम यो १२ प्रतिशतले वृद्धि भएको हो ।

गत वर्ष लगभग ३० लाख पर्यटकले इजरायल भ्रमण गरेका थिए । विगतका केही वर्षहरूमा कोरोनाभाइरस सङ्कटले कम देखिएको पर्यटकको आगमन विस्तारै तीव्र बन्दै गएको छ ।

द्वन्द्वपछि अधिकांश विदेशी एयरलाइन्सले इजरायलको बेन गुरियन अन्तराष्ट्रिय विमानस्थलको तेल अवीव बाहिरको उडान स्थगित गरेका छन् । हालका अधिकांश उडानहरू इजरायलको फ्ल्यागशिप एयरलाइन, एल अलद्वारा सञ्चालित छन्।