बेलायतका प्रधानमन्त्री ऋषि सुनकले यस वर्षको मध्यपछि मात्र चुनाव हुने सम्भावना रहेको बताएका छन् । पछिल्लो समय बेलायतमा मतदानको मितिको बारेमा अड्कलबाजी बढ्दै गएको छ । प्रधानमन्त्री सुनकको कन्जरभेटिभ पार्टी सन् २०१० देखि सत्तामा छ ।
सो पार्टी जनवरी २०२५ को अन्त्यसम्म बहुप्रतीक्षित आम चुनावको परीक्षणको पर्खाइमा पनि छ । सन् २०२२ अक्टोबरमा पार्टीको आन्तरिक भोटमा टोरी नेता बनेका सुनकले अन्तिम समयसम्म जनादेश सुरक्षित गर्ने प्रयास गर्ने अन्तिम मिनेटसम्म नछोड्ने सङ्केत गरेका छन् ।
मध्य इङ्गल्याण्डको म्यानफिल्डको भ्रमणका क्रममा उनले यसवर्षको पछिल्लो ६ महिनाभित्र चुनाव गराउने आफ्नो प्रतिबद्धता रहेको बताए । विगत १४ वर्षमा पाँच नेता र प्रधानमन्त्री भएका टोरीजले केयर स्टाररको मुख्य विपक्षी लेबर पार्टीलाई सत्ता हस्तान्तरण गर्दै चुनावमा हार्ने अनुमान गरिएको छ ।
सम्भावित चुनावको मिति मे २ वा मार्च ६ हुन सक्ने र ती मिति स्थानीय चुनाव र बजेटको मिति आसपास हुने हुनाले सत्तारूढ दललाई मतादातालाई आकर्षित गर्न लोकप्रिय कार्यक्रम ल्याउन अनकूल हुन सक्ने सुझाव पनि दिइएको छ ।

प्रतिक्रिया