चाडको प्रधानमन्त्रीमा पूर्व विपक्षी नेता मस्रा नियुक्त


चाडका पूर्व विपक्षी नेता सक्सेस मस्रा प्रधानमन्त्री नियुक्त भएका छन् ।चाडका सङ्क्रमणकालीन राष्ट्रपति जनरल महामत इड्रिस डेबी इटनोले निर्वासनबाट फर्केका पूर्वप्रमुख विपक्षी नेतालाई प्रधानमन्त्री नियुक्त गरेका हुन् ।

द ट्रान्सफर्मर्स पार्टीका अध्यक्ष मस्रा लामो समयदेखि डेबी वंशका विरोधीको रूपमा परिचित थिए । तर नोभेम्बरमा आफ्ना सैन्य नेताहरूसँग सम्झौता गरेपछि चाड फर्केको बताइएको छ ।