श्रीलङ्कामा लागुऔषध कारोबारको आशङ्कामा २१७ जना पक्राउ


श्रीलङ्काको प्रहरीले विशेष कारबाहीमा लागुऔषधसहित २१७ संदिग्धलाई पक्राउ गरेको छ । डिसेम्बर १८ देखि डिसेम्बर २५ का बीचमा उनीहरूले कामदार र व्यवसायिक लक्षित क्षेत्रमा विशेष कारबाही गरेका थिए ।

कामदारबाट प्राप्त सूचनाका आधारमा प्रहरीले ठूलो परिमाणमा लागुऔषधसहित २ सय १७ जनालाई पक्राउ गरेको बताइएको छ । पछिल्लो समय प्रहरीले लागुऔषध विरुद्ध जनचेतना कार्यक्रहरू पनि सञ्चालन गरेको छ । यसैबीच प्रहरीले लागुऔषध तथा सङ्गठित अपराध उन्मूलनका लागि देशव्यापी अभियान चलाइरहेको छ ।