माछापुच्छ्रे बैंकको सिइओमा पुनः सन्तोष कोइराला नियुक्त


काठमाडौ । माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष कोइराला पुनः नियुक्त भएका छन् ।  बैंकको बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले सन्तोष कोइरालालाई थप चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा निरन्तरता दिने निर्णय गरेको हो।

साढे २ दशक भन्दा लामो व्यावसायिक अनुभव बटुलेका कोइराला छोटो समयमा उल्लेख्य प्रगति हासिल गर्ने बैंकरको रुपमा परिचित छन्। कोइरालाको पहिलो कार्यकालमा बैंकले वित्तीय सूचाकांकमा उल्लेख्य सुधारसहित डिजिटल प्रविधिमा फड्को मार्दै संस्थागत सुशासनमा अब्बल सावित हुन सफल भएको दावी गरिएको छ ।