पोखरा । पोखरामा १९ औं लेखनाथ महोत्सव सुरु भएको छ । महोत्सव उद्घाटन गर्दै गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आर्थिक गतिविधि बढाउन महोत्सवको योगदान महत्वपूर्ण हुने बताए ।
कृषि उत्पादनमा अनुदान दिने प्रदेश सरकारको योजनामा सहभागी हुन अनुरोध गर्दै उनले युवालाई उत्पादनमा जोडिएर सरकारको कार्यक्रममा सहभागी हुन आग्रह गरे ।
गाँजालाई वैधता दिन प्रदेश सरकारले तयारी गरिरहेको बताउँदै उनले यसलाई लागूपदार्थ भन्दा पनि औषधिको रुपमा अपनाउन वैधता दिने विषयमा सहयोग गर्न प्रतिपक्ष दललाई आग्रह समेत गरेका थिए ।
कार्यक्रममा गण्डकीका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले लेखनाथलाई नमुना सहर बनाउन सामूहिक भावनाले अगाडि बढ्नुपर्ने बताए । महोत्सवमा आमा/महिला समूह, संघ संस्थाहरु र विभिन्न जातजातिको झाँकी प्रदर्शन गरिएको थियो । महोत्सव पुस १६ गतेसम्म चल्ने छ ।

प्रतिक्रिया