विश्व हिन्दू परिषदद्वारा संस्कृति मन्त्री किरातीको राजीनामा माग


काठमाडौं । विश्व हिन्दू परिषदले संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री सुदन किरातीको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । बिहीबार विज्ञप्ति जारी गरी परिषदले जिम्मेवार पदमा बसेको व्यक्तिले बहुसंख्यक सनातनीहरुको भावनामा चोट पुर्याएको भन्दै राजीनामा मागेको हो ।

उसले मन्त्रीले राजीनामा नदिए कठोर कदम चाल्न बाध्य हुने चेतावनीसमेत दिएको छ । मन्त्री किराँतीले ‘क्रिश्चियनलाई नमान्नेहरू देशद्रोही हुन’ भन्ने अभिव्यक्ति दिएका थिए । किरातीको अभिव्यक्तिको सर्वत्र आलोचना भइरहेको छ ।