युक्रेनले युरोपेली संघ (इयु) को सदस्य बन्नका लागि २ हजार ७३९ वटा कानुनी प्रक्रिया पूरा गर्न आवश्यक रहेको बताइएको छ । युक्रेनका प्रधानमन्त्री डेनिस स्मिहलले यसबारे जानकारी गराएका हुन् ।
‘आगामी वर्षहरूमा हामीले गर्नुपर्ने ती प्रक्रिया छिटै पूरा गर्नेछौं। हामीले यसलाई कसरी गर्ने भनेर बुझिरहेका छौं,’ सरकारी प्रेस सेवाले उनको भनाइ उदृत गर्दै उल्लेख गरेको छ ।
त्यसका लागि लगभग २८ हजार ऐनहरू अध्ययन गरिएको र ती मध्ये २३ हजार चाहिँ सदस्यता वार्ता प्रक्रियाको लागि आवश्यक नरहेको उनले बताए ।

प्रतिक्रिया