पूर्वमन्त्री खाणले बुझाए ३० लाख धरौटी


काठमाडौँ । पूर्वगृहमन्त्री बालकृष्ण खाणले शुक्रबार काठमाडौं जिल्ला अदालतमा ३० लाख रुपैयाँ धरौटी बुझाएका छन् । धरौटी बुझाएर अदालतबाट छुटे पनि खाण प्रहरी नियन्त्रणमै छन् ।

उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियारमा उपस्थित गराइँदै छ । विभाग र अख्तियारले पनि बयानपछि धरौटीमा छोड्यो भने मात्र खाण रिहा हुनेछन् । उच्च अदालत पाटनले बिहीबार पूर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री खाणलाई धरौटीमा छोड्न आदेश दिएको थियो ।