काठमाडौं । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराई सवार गाडीमाथि आइतबार ताप्लेजुङमा ढुंगामुढा तथा अन्य नेताहरुमाथि आक्रमणको घटनाप्रति नेकपा एमाले कोशी प्रदेश कमिटीले भर्त्सना गरेको छ ।
कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले सोमबार विज्ञप्ति जारी गरी घटनाको निन्दा गरेका हुन् । लुकिछिपी आक्रमण गर्नेहरु पहिचानवादी हुनै नसक्ने भन्दै उनले आक्रमणकारीहरु कथित पहिचानवादी रहेको र सरकारको उक्साहट पहिचानका नाममा देशमा उदण्ड मच्चाउन खोज्ने तत्व रहेको उल्लेख गरेका छन् ।
उनले यस्ता अराजनीतिक र अवान्छित कार्यमा संलग्नलाई अबिलम्व नियन्त्रणमा लिएर कानूनी कारबाहीको दायरामा ल्याउन माग गरेका छन् । पार्टी जिल्ला कमिटीले आइतबार आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रम सकेर फर्कने क्रममा सचिव भट्टराई सवार गाडीमा फुङलिङस्थित वीरेन्द्र चौक र तोक्मे डाडांमा लुकिछिपि ढुंगामुढा भएको थियो ।


प्रतिक्रिया