काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकहरूले काठमाडौंको बल्खुमा प्रहरी घेरा तोड्न खोजेपछि झडप भएको छ । प्रसाईंले उत्तेजित भाषण गर्दै समर्थकहरुलाई भड्काएपछि उनीहरु प्रहरी घेरा तोडेर अघि बढ्न खोजेका थिए ।
त्यसक्रममा बल्खु चोकबाट कालिमाडी तर्फ भिड जान खोजेपछि प्रहरी भिडलाई तितरबितर पार्न अश्रु ग्यास र पानीका फोहोरा प्रहार गरेको थियो ।


प्रतिक्रिया