काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले नेकपा एमालेका अध्यक्ष केपी ओलीले झापा र नेता महेश बस्नेतले भक्तपुर जाँदा आफ्नो अनुमति लिनुपर्ने बताएका छन् ।
बिहीबार भक्तपुरमा पत्रकार सम्मेलन गरी प्रसाईंले कम्युनिस्टको जिल्लामा न्याय माग्न आउँदा महिलामाथि ओलीको पार्टीले हातपात गरेको भन्दै आपत्ति जनाए ।
उनले भने, ‘हजुरबुवा कसरी मुख देखाउनुहुन्छ ? झापा कसरी जानुहुन्छ ? झापामा मुख देखाउन सक्छन् ? मलाई नसोधि नजाँदा हुन्छ केपी ओलीले । मसँग अब महेश बस्नेतले भक्तपुर प्रवेश गर्न पनि मसँग अनुमति लिनुपर्छ । मजाक गरेको होइन जे बोल्छु त्यो गर्छु ।’
उनले युवा संघका कार्यकर्ताले महिला बसेको ठाउँमा हातपात गर्न खोज्नेलाई कारवाही माग गरे । उनको प्रश्न छ, ‘महिला सुतिरहेको ठाउँमा गएर बलात्कार गर्न खोजेछन् । त्यसलाई पक्रेर ल्याउनुपर्छ कि पर्दैन ? मानवअधिकारवादी के हेरेर बसेका छन् ? माइती नेपालकी कोइराला दिदी कहाँ छिन् ?’ उनले आफ्नो लडाईंलाई जीवनमरणको संघर्षका रुपमा चित्रित गरेका छन् ।

प्रतिक्रिया