नेपालका भूकम्पपीडितलाई चिनियाँ रेडक्रसले दियो एक करोड ३२ लाख सहयोग


काठमाडौँ । जाजरकोट भूकम्पपीडितको सहयोगका लागि चिनियाँ रेडक्रस सोसाइटीले एक करोड ३२ लाख मानवीय सहायतास्वरुप प्रदान गरेको छ ।

नेपालका लागि चीनका राजदूत चेन सङले शनिबार नेपाल रेडक्रस सोसाइटीका कार्यवाहक अध्यक्ष सुरेन्द्रसिंह ऐरलाई उक्त नगद हस्तान्तरण गरेका हुन्।

चिनियाँ रेडक्रसबाट प्राप्त नगद भूकम्पपीडितका लागि आवश्यक पर्ने राहत सामग्री खरिदमा पारदर्शी ढङ्गले उपयोग गरिने कार्यवाहक अध्यक्ष ऐरले बताएका छन् । चीन सरकारले यसअघि नै भूकम्प पीडितका लागि २८ करोड भन्दाबढी सहायता सामग्री हस्तान्तरण गरिसकेको छ ।