भूकम्प पीडितलाई चीनको रेडक्रसले एक लाख डलर र चीन सरकारले थप १५ मिलियन आरएमबी सहयोग गर्ने


काठमाडौं । चीनले भूकम्प प्रभावितका लागि थप सहयोग घोषणा गरेको छ । नेपालका लागि चिनियाँ राजदूत चेन सोङले सामाजिक संजालमामार्फ थप सहयोगको घोषणा गरेका हुन् । उनका अनुसार रेडक्रस सोसाइटी अफ चाइनाले एक लाख अमेरिकी लडर सहयोग दिनेछ ।

त्यस्तै चीन सरकारले थप १५ मिलियन आरएमबी सहयोग गर्नेछ । चीनले यसअघि १० करोड रुपैयाँको राहत सामग्री दिने घोषणा गरेको थियो । पहिलो चरणको राहत सामग्री रसुवा नाका हुँदै नेपाल भित्रिसकेको छ ।