भूकम्पपीडितलाई भूपालमान सिंह कार्की प्रज्ञापरिषद्को दश लाख सहयोग


काठमाडौ । भूपालमान सिंह कार्की प्रज्ञा परिषद्ले भूकम्पपीडितलाई दश लाख सहयोग गरेको छ । परिषद्का कोषाध्यक्ष प्रा.डा.बालमानसिंह कार्कीले मंगलबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटे १० लाख रूपैयाँ राशिको चेक हस्तान्तरण गरेका छन् ।

शुक्रवार राति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्यूडको भूकम्प गएको थियो । भूकम्पका परी १५१ जनाको मृत्यु भएको छ । २ सय भन्दा बढी घाइते भएका छन् । दुवै जिल्लामा सयौं घर भत्किएका छन्।