रुसी राष्ट्रपति पुटिनद्वारा भूकम्पबाट धनजनको क्षतिप्रति दुःख व्यक्त


काठमाडौँ ।  रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले जाजरकोट  भूकम्पबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

आफ्ना नेपाली समकक्षी राष्ट्रपति रामचन्द्र पौडेललाई शनिबार शोक सन्देश पठाउँदै प्राकृतिक विपत्तिको यस दु:खद् घटनाबाट पीडित नेपालीप्रति गहिरो समवेदना प्रकट गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

सन्देशमा राष्ट्रपति पुटिनले नेपाली जनताप्रति ऐक्यबद्धता प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना  गरेका छन् ।