भूकम्प प्रभावितलाई अमेरिकाले सघाउने


काठमाडौं । अमेरिकाले पश्चिम नेपालका भूकम्प पीडितलाई सहयोग गर्न तयार रहेको बताएको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले विज्ञप्ति जारी गरी नेपालको जाजरकोट र रुकुम–पश्चिममा गएको भूकम्पमा परी धनजनको क्षति भएकोप्रति दुःख व्यक्त गरेको हो ।

दूतावासले भूकम्पको क्षतिपछिको पुनर्लाभ हासिल गर्न नेपाललाई आवश्यक सहयोग गर्न अमेरिका तत्पर रहेको उल्लेख गरेको छ ।