मोदीले भने- नेपाली जनताको दुःखको बेला साथमा छौं, हरसम्भव सहयोगका लागि तयार छौं


काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पश्चिम नेपालमा गएको भूकम्पको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । शनिबार सामाजिक संजालमार्फत प्रधानमन्त्री मोदीले भारत नेपाली जनताको दुःखको बेला साथमा रहेको भन्दै हरसम्भव सहयोग गर्न तयार रहेको बताएका हुन् ।

प्रधानमन्त्री मोदीले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । जाजरकोट  केन्द्रविन्दु भएर शुक्रबार राति ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प जाँदा १२८ भन्दाबढीको मृत्यु भएको छ ।