ट्विटरले आफ्ना कर्मचारीहरूलाई कोरोनाभाइरस सङ्क्रमणबाट बचाउन घरैबाट काम गर्न निर्देशन दिएको छ।
एउटा ब्लगमार्फत् उक्त सामाजिक सञ्जाल कम्पनीले सो निर्देशन हङ्कङ, जापान र दक्षिण कोरियामा रहेका आफ्ना कर्मचारीलाई अनिवार्य लागु हुने बताएको छ।
ट्विटरले संसारभरिका आफ्ना ५,००० कर्मचारीलाई पनि कार्यालय नआउन प्रोत्साहन गरेको बताएको छ। यो निर्देशन ट्विटरले कर्मचारीलाई अत्यावश्यकबाहेक अन्य व्यावसायिक यात्रा र कार्यक्रममाथि रोक लगाएको भोलिपल्ट आएको हो।
ट्विटरको मानवसंशाधन विभागका प्रमुख जेनिफर क्रिस्टीले भनिन्, “हाम्रो लक्ष्य हाम्रो वरपर र हामीवरपरको विश्वमा कोभिड-१९ फैलिने सम्भावना कम गर्नु हो।”
ट्विटरका प्रमुख कार्यकारी ज्याक डोर्सीले लामो समयदेखि घरबाट काम गर्न कुराको समर्थन गरेका छन् र गएको नोभेम्बरमा उनले छ महिना अफ्रिकामा बिताउने बताएका थिए।
ट्विटरको निर्णय एशियामा अन्य कम्पनीले गरेको निर्णयजस्तै छ। तर यो अन्य अमेरिकी कम्पनीले लिएकोभन्दा एक पाइला भएको बताइएको छ। फेसबुक र गुगलजस्ता कम्पनीले पनि अमेरिकामा आफ्ना कार्यक्रम स्थगित गरेका छन्।

प्रतिक्रिया