काठमाडौं । आफ्ना ९० बर्षीय पिताजीको आशीर्वाद लिएर सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट साँझ मृगौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पताल प्रस्थान गरी भर्ना हुनुभएको छ । आज र भोलि आवश्यक तयारीपश्चात फागुन २१ गते बुधवार उहाँको दोस्रोपटक मृगौला प्रत्यारोपण गरिने भएको छ । २०६४ साउनमा भारतको एपोलो अस्पतालमा उहाँको पहिलोपटक प्रत्यारोपण गरिएको थियो ।
नेपालकै अस्पताल, विशेषज्ञ चिकित्सक, उपकरण र उपलब्ध सेवामा विश्वास र भरोसा गरी प्रधानमन्त्रीज्यूले स्वदेशमै प्रत्यारोपण गराउन लिनुभएको यस निर्णयले दूरगामी महत्व बोकेको यथार्थ स्पष्ट नै छ ।
प्रधानमन्त्रीज्यू यहाँको सफल प्रत्यारोपण र शीघ्र स्वास्थ्यलाभको शुभकामना व्यक्त गर्दछौं । आम नेपालीजन र सिङ्गो राष्ट्रको यहाँप्रति शुभेच्छा, शुभकामना र आशीर्वाद रहेको छ ।












प्रतिक्रिया