काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीको सफल मिर्गौला प्रत्यारोपणको कामना गरेका छन् । सोमबार बिहान भारतीय प्रधानमन्त्री मोदीले ट्वीट गर्दै ओलीलाई सफल शल्यक्रियाका साथै शिघ्र स्वास्थ्यलाभको कामना गरेका हुन् । ‘मेरा मित्र केपी शर्मा ओलीजीलाई सफल शल्यक्रिया र शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु। भगवान् पशुपतिनाथले तपाईंलाई सधैँ सुस्वास्थ्य, खुसी र दीर्घायुको आशीर्वाद दिऊन्।’ मोदीले ट्वीटमा लेखेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटकको मिर्गौला प्रत्यारोपण त्रिवि शिक्षण अस्पतालमा बुधबार गर्ने तयारी भएको छ।
प्रधानमन्त्री ओलीले भारतका समकक्षी नरेन्द्र मोदीलाई ट्विटमार्फत गरेको शीघ्र स्वास्थ्यलाभको कामनाका लागि धन्यवाद भन्दै जवाफ दिएका छन् ।
सोमवार दिउँसो ट्विटमार्फत नै भारतका प्रधानमन्त्री मोदीलाई धन्यवाद भन्दै प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘मेरो सफल शल्यक्रिया र शीघ्र स्वास्थ्यलाभको कामनाका लागि धन्यवाद प्रिय प्रधानमन्त्री मोदीजी !’
ओलीले अगाडि लेखेका छन्, ‘तपाईंले व्यक्त गर्नुभएको न्यानो शब्दले हाम्रो नजिकको मित्रतालाई प्रतिबिम्बित गरेको छ ।’

प्रतिक्रिया