जनकपुरधाम । नेकपा एमालेका सचिव योगेश भट्टराईले मधेशको स्वाभिमान र समृद्धिका लागि नेकपा एमालेको सरकार चाहिने बताएका छन् । मंगलबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा सचिव भट्टराईले अब प्रधानमन्त्री एमालेको हुनुपर्ने बताए ।
उनले सामाजिक विभेद, बेरुजु र भ्रष्टाचार सबैभन्दा धेरै मधेश प्रदेशमा भएको भन्दै एमालेको मुख्य काम सुशासन र सामाजिक न्याय भएको बताए ।
उनले भने, ‘एमालेको मुख्यमन्त्री चाहिन्छ, १३६ वटा पालिकामा एमालेको प्रमुख चाहिन्छ, प्रधानमन्त्री एमालेको चाहिन्छ ।’ उनले एमाले अब त्यही लक्ष्यका साथ क्रियाशील हुने बताए । सचिव भट्टराईले आगामी चुनावमा अहिलेको एमालेको तागतलाई बढाउन चाहेकाले त्यही मिसनका साथ अगाडि बढ्ने बताए ।

प्रतिक्रिया