काठमाडों । सत्तारूढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । कांग्रेस संसदीय दलले विज्ञप्ति जारी गरी आज बैठक बस्ने जानकारी दिएको हो ।
बैठकमा मुलुकको समसामयिक अवस्था तथा गत शनिबार इजरायलमा भएको आतङ्कवादी आक्रमण र त्यसबाट त्यहाँ रहेका नेपाली नागरिकले झेल्नु परेको विषम परिस्थितिका बारेमा छलफल हुने प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।

प्रतिक्रिया