टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानको पटक–पटकको आक्रमणमा परी आजीवन कारावासको सजाय भोगेका एक नागरिक समाजका नेतालाई टर्कीको विपक्षी दलका प्रमुखले पहिलो पटक भेटेका छन् ।
धर्मनिरपेक्ष नेता केमल किलिकडारोग्लुले मानवअधिकारवादी तथा परोपकारी अभियन्ता उस्मान कवालालाई जेलमा भेटेको प्रसङ्गलाई राजनीतिज्ञहरूले मार्चमा नगरपालिका चुनावमा आफ्नो ध्यान केन्द्रित गर्ने एउटा सशक्त मुद्दाका रूपमा अथ्र्याएका छन् । निर्वाचनले इस्तानबुल र अङ्कारामध्ये कुन क्षेत्रको प्रभाव बढी छ भन्ने बिषयलाई झल्काउने छ ।
किलिकडारोग्लुले आफू कभालाको इस्तानबुल इलाका कारागारमा ‘अन्यायलाई अझ स्पष्ट पार्न’ आएको बताएका छन् । टर्कीले काभालालाई तत्काल रिहा गर्न युरोपियन कोर्ट अफ ह्युमन राइट्सको आदेश पालन गर्न इन्कार गरेपछि अङ्काराको पश्चिमा मित्रराष्ट्रहरूसँगको सम्बन्ध बिग्रिएको छ ।
आलोचकहरूका अनुसार यसले एर्दोगानको प्रभुत्वशाली शासनको दोस्रो दशकमा टर्कीको अधिकार रेकर्डमा आएको गिरावटलाई पनि उजागर गरेको छ ।
टर्कीको सर्वोच्च अदालतले सन् २०१३ मा भएको ठूलो प्रदर्शनका क्रममा एर्दोगानको सरकारलाई अपदस्थ गर्ने प्रयास गरेको अभियोगमा काभालालाई दोषी ठहर गर्दै आजीवन कारावासको सजाय सुनाएको थियो ।

प्रतिक्रिया