काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले निजामती सेवा विधेयक तथा नेपालको सार्वजनिक प्रशासनका भएका र हुनुपर्ने व्यवस्थाकाबारेमा अध्ययन गर्न कार्यदल गठन गरेको छ ।
शुक्रबार बसेको रास्वपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले कार्यदल गठन गरेको हो । कार्यदलमा नेपाल सरकारका पूर्वसचिवहरु शारदा प्रसाद त्रिताल, पूर्णचन्द्र भट्टराई, भागवत खनाल, कृष्णप्रसाद अधिकारी, पूर्व प्रशासक लिलाराज ढकाल छन् ।
त्यस्तै नेपालको उर्जा क्षेत्रको विस्तृत अध्ययन गरी पार्टीको तर्फबाट उर्जा नीति, योजना र मार्गचित्र तयार गरी केन्द्रीय समितिलाई पेश गर्ने कार्यादेशका साथ तीन सदस्य कार्यदल गठन गरेको छ । कार्यदलमा उर्जा तथा भूमिगत संरचना विज्ञ श्रीराम न्यौपानेको संयोजकत्वमा कार्यदल गठन गरिएको छ ।
कार्यदलको सदस्यमा पूर्वसचिव देवेन्द्र कार्की, र उर्जाविज्ञ डा. सरोज अधिकारी छन् । त्यस्तै रास्वपाले पर्टीको केन्द्र, प्रदेश र पालिका तीनै तहमा “नव–प्रवर्तन तथा स्टार्टअप विभाग” गठन गर्ने निर्णय गरेको छ ।


प्रतिक्रिया