दक्षिण सुडानका राष्ट्रपति साल्भा कीरले केन्द्रीय बैंकका गभर्नर जोनी ओहिसा दामियानलाई बर्खास्त गरी जेम्स एलिक गाराङलाई नियुक्त गरेका छन् ।राष्ट्रपति कीरले केन्द्रीय बैंकका दुई उप गभर्नरहरू अदिस अबाबा ओथो र जोन मासिक एकुओथलाई बर्खास्त गर्दै उनीहरूको स्थानमा पनि नयाँ व्यक्तिलाई नियुक्त गरेका छन् ।
केन्द्रीय बैंकमा नियुक्त हुनुअघि गाराङ अन्तर्राष्ट्रिय मुद्रा कोषका कार्यकारी निर्देशकका वरिष्ठ सल्लाहकार थिए । अर्को एक आदेशमा कीरले राष्ट्रिय राजस्व प्राधिकरणका आयुक्त जनरल अथियान डिइङ अथियानलाई बर्खास्त गर्दै उनको स्थानमा डेपुटी अफ्रिकनो मण्डे गेडिमालाई नियुक्त गरेका छन् ।

प्रतिक्रिया