काठमाडौं । सरकारले तीन सचिवको सरुवा गरेको छ । शुक्रबार पत्रकार सम्मेलन गरी सञ्चार सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले बिहीबार बसेको मन्त्रिपरिषद बैठकले गरेका निर्णयबारे जानकारी दिएकी हुन् ।
उनकाअनुसार बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव उदयराज सापकोटालाई कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा सरुवा गरिएको छ भने नेपाल कानुन आयोगका सचिव निरादेवी गर्तौला निरौलालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइएको छ ।
त्यस्तै सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव तोयानाथ अधिकारीलाई नेपाल कानुन आयोगको सचिवमा सरुवा गरिएको छ । त्यस्तै, बैठकले तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) नियमावली, २०८० स्वीकृत गर्ने, संघीय निजामति सेवाको गठन, सञ्चालन र सेवाको सर्तसम्बन्धी विधेयक, २०८० संघीय संसद्मा पेस गर्ने निर्णय गरेको छ ।


प्रतिक्रिया