काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सुन तस्करी काण्डमा उच्चस्तरीय छानबिन समिति बनाउँदैमा सरकार नढल्ने बताएका छन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा अध्यक्ष लिङ्देनले प्रतिपक्षको मागबमोजिम समिति बनाउँदा राज्यलाई कुनै घाटा नहुने बताएका हुन् ।
उनले भने, ‘उच्चस्तरीय छानबिन समिति बनाउँदासबै मन्त्री परिहाल्ने, सरकार ढलिहाल्ने हुन्छ र ? सरकारको अनुसन्धानमा शंका छ।’ उनले प्रहरी प्रमुख, गृहमन्त्री, अर्थमन्त्रीलाई सिआइबीले प्रश्न गर्न नसक्ने भन्दै उच्चस्तरीय समिति आवश्यक रहेको बताए ।
उनले भने,’सिआइबीले प्रहरी प्रमुखलाई बयान लिन सक्छ ? गृहमन्त्री, अर्थमन्त्रीलाई बयान लिन सक्छ ? त्यसैले उच्चस्तरीय छानबिन समिति बनाउनुस् ।’

प्रतिक्रिया