काठमाडौं । काठमाडौंको चन्द्रागिरिबाट मकवानपुरको चित्लाङ गइरहेको भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वर्ष २० का सिन्धुलीका चालक नवराज ठोकर र काभ्रेपलाञ्चोक सल्लेभुलुका ४५ वर्षका अनिल तामाङ रहेका छन् ।
शुक्रबार बा.१०च ३५४६ नम्बरको भ्यान चन्द्रागिरि नगरपालिका वडा नम्बर ४स्थित सेतोपहरा भन्ने ठाउँमा दुर्घटना भएको हो । भ्यानमा पाँच जना रहेका र बाटो चिप्लो हुँदा तीन जनाले ओलिएर भ्यानलाई धकेलेर अगाडी बढाउने क्रममा भ्यान चिप्लिएर सडकबाट करिब ४ सय फिट तल खसेको थियो । उनीहरु भ्यानमा कपडा लिएर ठाउँ ठाउँमा बेच्दै हिड्ने गरेको थानकोट प्रहरीले जनाएको छ ।

प्रतिक्रिया