काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले सरकारले भ्रष्टाचारको फाइल खोलेपछि सांसदहरुको टाउको दुखेको बताएका छन् ।
बुधबारको प्रतिनिधिसभा बैठकमा सत्तारुढ कांग्रेस र विपक्षी एमालेका सांसदले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेको भन्दै सांसद शर्माले आपत्ति जनाएका हुन् ।
उनले भ्रष्टाचारका विभिन्न प्रकरणमा सरकारले छानबिन अगाडि बढाएको विषयमा टाउको नदुखाउन आग्रह गरे । उनले उनले सरकारले केही राम्रो काम गर्दा सांसदहरूले साथ दिनुपर्नेमा चिच्याएर अवरोध खडा गरेको बताए ।
उनले भने, ‘दिउँसै रात पार्न खोजिएको थियो । रातलाई दिउँसो बनाइँदैछ । भ्रष्टाचारसित सम्बन्धित कतिपय विषयहरूको सरकारले छनबिन गर्ने प्रक्रियामा अगाडि बढेको छ ।’माननीयज्यूहरूलाई टाउको नदुखाउनका निम्ति म विशेष अनुरोध गर्न चाहन्छु । माछो ठूलो सानोको प्रसँग होइन, दोषीको कुरा हो। दोषीलाई कारबाही गर्दा सांसदहरू खुसी हुनुपर्ने हो नि।’
ट्रान्सपरेन्सी इन्टरनेशनल लगायतका विभिन्न निकायहरुको अनुसन्धानले देखाएको नेपालको भ्रष्टाचारको अवस्था र त्यस्तो अवस्थालाई सुधार गर्न सरकारले सकारात्मक काम गर्दा साथ दिनुपर्नेमा उल्टो राजीनमा मागिएको भन्दै असन्तुष्टि व्यक्त गरे ।

प्रतिक्रिया