सामाखुसीमा खोलाले बगाएर १३ वर्षीय बालक बेपत्ता


 

काठमाडौं । काठमाडौँको सामाखुसीमा खोलाले बगाउँदा आइतबार १३ वर्षीय साजन मगर बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीका अनुसार पानीपोखरीको भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा अध्ययनरत निज बालक आज फुटसल खेल्न जाँदै गर्दा पर्खालबाट खसेर सामाखुसी खोलामा खसेका थिए ।

खोलामा खसेर बेपत्ता भएका बालकको खोजीमा प्रहरी परिचालन गरिएको प्रहरी वरिष्ठ उपरीक्षक कार्कीले बताए ।