सन् २०३० सम्ममा कूल गार्हस्थ्य उत्पादन दोब्बर बनाउने यूएईको लक्ष्य


संयुक्त अरब इमिरेट्स (यूएई)ले सन् २०३० सम्ममा कूल गार्हस्थ्य उत्पादन दोब्बर बनाउने लक्ष्य राखेको छ । युएईले आफ्नो कूल गार्हस्थ्य उत्पादनलाई यस दशकको अन्त्यसम्ममा दोब्बर गरी ८ सय अर्ब अमेरिकी डलर पुर्याउने लक्ष्य राखेको अर्थमन्त्रीले बताएका हुन् ।

संयुक्त अरब इमिरेट्स (युएई) का अर्थमन्त्री अब्दुल्ला बिन तौक अल मारीले सन् २०३० को अन्त्यसम्ममा देशको अर्थतन्त्रलाई तीन ट्रिलियन दिराम पु¥याउन आवश्यक रहेको बताए । उक्त लक्ष्य हासिल गर्न मुलुकले वार्षिक सात प्रतिशतको आर्थिक वृद्धि हासिल गर्नुपर्ने र यसका लागि मुलुकभर नीतिगत काम भइरहेका उनले बताए ।

सन् २०२२ मा देशको आर्थिक वृद्धिदर ७ दशमलव ९ प्रतिशतले बढेर १ दशमलव ६२ ट्रिलियन दिराम पुगेको देशको सङ्घीय प्रतिस्पर्धात्मकता तथा तथ्याङ्क केन्द्रले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । कच्चा तेलको उच्च मूल्य र उत्पादनका कारण यो वृद्धि भएको हो ।