आईएससँग सम्बन्ध रहेको आशङ्कामा टर्कीमा २२ विदेशी पक्राउ


टर्कीले इस्लामिक स्टेट (आईएस)सँग सम्बन्ध रहेको आशङ्कामा २२ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । आतङ्कवादविरोधी अभियानका क्रममा उनीहरूलाई पक्राउ गरिएको समाचार समिति अनादोलुले जनाएको छ । प्रहरीले आईएससँग कथित सम्बन्ध रहेका २७ संदिग्धलाई पक्राउ गर्न अभियान सञ्चालन गरेको थियो ।

अनादोलुले सुरक्षा स्रोतलाई उद्धृत गर्दै बाँकी संदिग्धहरूको खोजी जारी रहने बताएको छ । सन् २०१३ मा टर्किएले आईएसलाई आतङ्कवादी समूह घोषणा गरेको हो । त्यसयता देशका धेरै सहरमा सुरक्षा बलले खोजी अभियान सञ्चालन गर्दैआएको छ । साथै आईएसका संदिग्ध सदस्यहरूलाई नियमितरूपमा गिरफ्तार गरी र हिरासतमा राख्दै आएको छ ।