बाल्टिमोरमा गोली चल्दा दुईको मृत्यु, दर्जनौँ घाइते


अमेरिकाको बाल्टिमोर शहरमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । मेरिल्याण्ड राज्यको ब्रुकलिन नजिकैको एक सडकमा आइतबार राति १२ः३० बजेपछि गोली चलेको सूचना प्रहरीलाई प्राप्त भएको कार्यवाहक प्रहरी आयुक्त रिच वोर्लेले पत्रकार सम्मेलनमा जानकारी दिए ।

वोर्लेले भने, ‘अधिकारीहरू आएपछि हामीले गोली लागेर घाइते भएका थुप्रै व्यक्तिहरू फेला पारेका थियौं ।’ घटनास्थलमा १८ वर्षीया एक महिलाको शव फेला परेको छ भने २० वर्षीय पुरुषको पनि मृत्यु भएको पुष्टि भएको प्रहरीले जनाएको छ ।

घाइतेको इलाका अस्पतालमा उपचार भइरहेको र तीमध्ये तीनजनाको अवस्था गम्भीर रहेको उनले बताए ।वोर्लेका अनुसार अधिकारीहरूले शङ्कास्पद व्यक्तिको पहिचान गर्न र गोली चलाउनुको कारण पत्ता लगाउन अनुसन्धान गरिरहेका छन् ।