काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले विदेशमा रहेका नेपालीलाई आइपर्ने विपदमा सरकारले सहजीकरणको व्यवस्था मिलाउन आग्रह गरेका छन् ।
बुधबारको प्रतिनिधिसभा बैठकमा सांसद पौडेलले हालै मलेसियामा रोजगारीका क्रममा भएको यामलाल परियारको मृत्यु भएको र उनको शव नेपाल ल्याउन परिवारले सबैतिर याचना गरिरहेको जनाउँदै यस्तो संवेदनशील विषयमा सरकारले पहल गर्नुपर्ने बताए ।
उनले विदेशमा रहेका नेपालीलाई विपद् पर्दा सरकारले सहजीकरण गर्ने गरी प्रणालीको विकास गर्न जरुरी रहेको, नेपालबाट वैदेशिक रोजगारीमा जाने नेपालीलाई विमानस्थलदेखि नै ट्रयाकिङ गर्ने व्यवस्था गर्न परराष्ट्र मन्त्रालयफमार्फत सम्बन्धित मुलुकमा सहायता कक्ष स्थापना गरेर विपदमा परेका नेपालीको उद्धारका लागि सहजीकरण गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया