इयूद्वारा युक्रेनलाई सैन्य सहायताका लागि ३ अर्ब युरो विनियोजन


युरोपेली संघ काउन्सिलका विदेश मन्त्रीहरूले युक्रेनलाई हतियार आपूर्तिका लागि बजेट छुट्याएका छन् । लक्जेम्बर्गमा भएको बैठकपछि ईयुका २७ सदस्य राष्ट्रका विदेश मन्त्रीहरूले युरोपेली शान्ति सुविधामा ३.५ बिलियन युरोको बजेट बढाएर अनुमोदन गरेका छन् । साथै ब्रसेल्सले युक्रेनलाई हतियार आपूर्तिको लागि रकम विनियोजन गरेको छ।

‘काउन्सिलले आज युरोपेली शान्ति सुविधाको समग्र वित्तीय सीमा सन् २०२३ मार्च २० बाट लागू हुने गरी अघिल्लो सम्झौताको आधारमा सो थप रकम वृद्धि गर्ने निर्णय गरेको छ । यो कार्य वित्तीय दिगोपन र सुरक्षित र शान्तिपूर्ण भविष्य सुनिश्चित गर्न र यसको विश्वव्यापी भौगोलिक दायरा र सङ्कट र द्वन्द्वहरूलाई रोक्न र त्यसका लागि शीघ्र प्रतिक्रिया गर्ने ईयुको क्षमतालाई जोगाउनको लागि हो ।’ विज्ञप्तिमा भनिएको छ।