अफगानिस्तानमा सवारी दुर्घटनामा तीन जनाको मृत्यु


अफगानिस्तानको तखारमा भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । खामा प्रेसका अनुसार पहिलो घटना प्रदेशको चाआब जिल्लामा भएको दुर्घटनामा सवारी साधन पल्टिँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

दोस्रो घटना सोही क्षेत्रमा विपरीत दिशाबाट आउँदै गरेको अर्को गाडीसँग ठोक्किँदा एक जनाको मृत्यु भएको हो ।
यसअघि उत्तरपूर्वी प्रान्त बदख्सानको कोफाब जिल्लामा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको खामा प्रेसले जनाएको छ ।