ह्वाइट हाउसका एक उच्च अधिकारीले रूससँगको आणविक हतियारको वर्तमान सीमा कायम राख्न प्रस्ताव गरेका छन् ।उदीयमान शक्ति चीनलाई भविष्यमा हतियार नियन्त्रण प्रयासको केन्द्रमा राख्नुपर्ने बताए ।
राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले वासिङ्टनमा आयोजित राष्ट्रिय हतियार नियन्त्रण सङ्घको वार्षिक बैठकमा जो बाइडन प्रशासनले शीतयुद्धपछिको आणविक परिदृश्यमा ‘पर्याप्त’ र ‘गहिरो’ समस्याको सामना गर्ने रूपरेखा प्रस्तुत गर्दै उक्त टिप्पणी गरेका हुन् ।
सुलिभानले अमेरिका र रूसबीच भएको पछिल्लो हतियार नियन्त्रण सन्धि ‘न्यु स्टार्ट’ सन् २०२६ मा सकिँदै गर्दा अमेरिका नयाँ सन्धि गर्न इच्छुक रहेको बताए । यद्यपि, यसबीचमा वासिङ्टनले विश्वका दुई प्रमुख आणविक शक्ति राष्ट्रहरूलाई उक्त सन्धिको मूल मर्मअन्तर्गत राख्न चाहेको छ । सन्धिमा आणविक सम्पन्न राष्ट्रले एक हजार ५५० रकेट मात्र राख्न पाउने सीमा निर्धारण गरिएको छ ।

प्रतिक्रिया