भारतमा खसेको मोबाइल फोन निकाल्न जलाशय सुकाउने कर्मचारी निलम्बित


भारतमा एउटा खसेको मोबाइल फोन निकाल्नका लागि एउटा जलाशयको सम्पूर्ण पानी बाहिर निकाल्न आदेश दिएका एक जना सरकारी अधिकारी निलम्बित भएका छन् । सेल्फी लिइरहेको समयमा राजेश विश्वासले मोबाइल फोन खसालेका थिए। उक्त बाँधबाट दशौँ लाख लिटर पानी बाहिर पठाउन तीन दिन लागेको थियो ।

जब त्यो फोन फेला पर्यो पानी पसेका कारण त्यो काम नगर्ने अवस्थामा पुगिसकेको थियो । विश्वासले त्यसमा संवेदनशील सरकारी तथ्याङ्क रहेको र त्यसलाई जोगाउनुपर्ने कारण आफूले त्यस्तो गरेको बताएका छन्। तर उनीमाथि पदको दुरुपयोग गरेको आरोप लागेको छ ।

खाद्य निरीक्षक विश्वासले झन्डै १ लाख ६० हजार रुपियाँ बराबरको सामसुङ कम्पनीको मोबाइल फोन मध्य भारतको छत्तीसगढ राज्यमा अवस्थित खेरकट्टा बाँधमा आइतबार खसालेका थिए । स्थानीय गोताखोरहरूले त्यसलाई फेला पार्न नसकेपछि आफूले शुल्क तिरेर एउटा डिजेल पम्प झिकाएको उनले निकालेको भिडियो सन्देशलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।