नेपालमा क्षयरोग र डेंगु अन्त्य गर्न विश्व स्वास्थ्य संगठनले सहकार्य गर्ने


काठमाडौं । सरकारले सूर्तिजन्य पदार्थ र मदिरामा कर बढाउने भएको छ । विश्व स्वास्थ्य संगठनको ७६औँ महासभामा भाग लिन जेनेभा पुगेका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले डब्लूएचओका प्रमुख टेड्रोस ग्रेबियससँगको भेटमा सूर्तीजन्य पदार्थ र मदिरामा कर बढाउने बताएका हुन् ।

नेपालले गरेको प्रतिबद्धता सार्वजनिक गर्दै टेड्रोसले करबाट आउने रकमले विपन्नहरुको स्वास्थ्य सेवामा लगाउन सहयोगी हुने बताएका छन् । उनले नेपाललाई टाइफाइड भ्याक्सिनमा विश्व स्वास्थ्य संगठनले सहयोग गर्ने बताएका छन्। साथै टेड्रोसले नेपालमा क्षयरोग निर्मूल पार्न र डेंगुलगायतका रोग अन्त्य गर्न सहकार्य गर्ने पनि बताएका छन् ।